मोरङ / मोरङका दुई विद्यालयमा वातावरणबारे जानकारी गराउन मौसम स्टेसन सञ्चालनमा ल्याइएको छ । मोरङको लेटाङ्भोगटेनी नगरपालिकाको साग्मा मावि र मधुमल्ला गाविस–२ मा अवस्थित श्री मनोहर जनता उच्च माविमा आधुनिक उपकरणसहित मौसम स्टेसन स्थापना गरेर शनिबारदेखि सञ्चालन गरिएको हो । त्यहाँ जडान गरिएका आधुनिक उपकरणबाट तापक्रमको दैनिक टिपोट गरेर विद्यार्थीलाई जानकारी गराइने मनोहरका प्राचार्य लीलानाथ भण्डारीले बताए ।
लेटाङ्भोगटेनीको साग्मा माविका प्रधानाध्यापक चन्द्रवीर राईका अनुसार यसको सम्पूर्ण विवरण क्षेत्रीय हावापानी कार्यालय धरानलाई पठाउनुका साथै विद्यार्थीलाई मौसमको विषयमा पढाउन सजिलो भएको उनको भनाइ छ । प्लान नेपालको सहयोगमा ती स्टेसन स्थापना गरिएको हो ।