विजयपुर– सातौ नगर अधिबेशनको पुर्ब सन्ध्यामा रहेको एमाले धरानले  अधिबेशनको प्रचार गर्न धरान– १५मा निशुल्क दन्त परिक्षण शिबिर सम्पन्न गरेको छ । त्रिबेणि चौकको आधारभुत बस्तीका जनताको दाँत समन्धी समस्याहरु समाधान गर्न शिबिर आयोजना गरिएको एमाले धरानका अध्यक्ष तारा सुब्बाले जानकारी दिए ।
‘एमाले जनताकै पा13051516_1607654992887076_7868501650314478238_nर्टी भएका कारण जनताका हरेक समस्यामा साथ रहने भन्दै उनले बिभिन्न आधारभुत बस्तीहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने सुब्बाले बताए । शिबिरमा १ सय ४८ जनाले दाँत परिक्षण गराएका थिए । शिविरमा दाँतको परीक्षण, सफा गर्ने, परामर्शसमेत दिइएको विशेष इलाका कमिटिका प्रचार प्रसार संयोजक शेरबहादुर परियारले जानकारी दिए । न्यु बुढासुब्बा डेन्टल केयरकी डा. वर्षा श्रेष्ठ, र डिएच. सरस्वति सुवालले परीक्षण तथा परामर्श दिएका थिए ।कार्यक्रमका प्रमुख अतिथी  सांसद कृष्णकुमार राईले राजनितीक पार्टिले जनतासँग माग्ने हैन दिने पनि काम गर्ने बताए ।उनले चुनाबका बेला आफुले गरेका प्रतिबद्धताहरु पुरा गर्दै गएको पनि बताए  ।
 शिविरमा स्वास्थ्य अनुसन्धान तथा विकास मञ्च हात्तिसारले सहयोगी भूमिका निर्वाह गरेको थियो ।शिविरमा एमालेका नगर अध्यक्ष तारा सुब्बा, जिल्ला सचिबालय सदस्य एवं नगर इन्चार्ज प्रदीप भण्डारी,सह इन्चार्ज जय कुमार राई क्षेत्रीय उपाध्यक्ष नरेशकुमार इङ्वाराम, नगर उपाध्यक्ष नारायण सुवेदीलगायतको उपस्थिति रहेको थियो ।बुधबार अधिवेशनको प्रचारको लागि पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल धरान र सुनसरी क्षेत्र नम्वर १ को क्षेत्रीय कमिटीवीच मैत्रीपुर्ण फुटवल खेल हुने भएको छ अधिबेशन वैशाख १७ र १८ गते हुदैछ भने अधिवेशनको उद्घाटन प्रधानमन्त्रि एबम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन । अधिबेशनमा ४ सय प्रतिनिधी सहभागि हुने अध्यक्ष सुब्बाले जानकारी दिए ।