विराटनगर । विराटनगर–९ अस्पताल चौकस्थित आस्था क्लिनिक एण्ड डाइग्नोष्टिकले बिरामीहरूको लागि छुट योजना ल्याएको छ । असार १ गतेदेखि क्लिनिकको ल्यावमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको हो ।

क्लिनिकले आइतबार पत्रकार सम्मेलन गरी असार १ गतेदेखि सुगर, थाइराइड र जण्डिसको जाँचमा ५० प्रतिशत छुट दिइने सञ्चालक कमलेशकुमार कर्णले जानकारी दिए ।

सुगर, थाइराइड र जण्डिसबाहेक अन्य सम्पूर्ण ल्याव जाँचमा ज्येष्ठ नागरिकहरूलाई २५ प्रतिशत छुट योजना ल्याएको उनले बताए । क्लिनिकमा आएर  स्वास्थ्य उपचार गरेका बिरामीलाई औषधिमा १० प्रतिशत छुट पनि दिएको छ ।

‘यो छुट योजनाले १ असारदेखि बिरामीहरूलाई उपचारमा सहज पु¥याउन ल्याएको छ’ सञ्चालक कर्णले भने, ‘यो छुट योजना अर्को सूचना नभएसम्मको लागि लागू गरिएको हो ।’ अत्याधुनिक उपकरण जडान गरी सञ्चालनमा ल्याएको ल्यावमा सम्पूर्ण प्रकारको जाँच हुने गरेको छ ।

आस्था क्लिनिकमा बालरोग विशेषज्ञ, फिजिसियन, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, छाला यौन तथा चर्मरोग विशेषज्ञ, सर्जन, नाक–कान–घाँटी रोग विशेषज्ञ, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकहरू राखेर दैनिक ओपीडी सेवाहरू सुचारु गरेको छ ।