काठमाडौं/ मानिसले आलियालाई यी खबरहरूका बारेमा प्रश्न गर्दा उनी लाजले रातोपीरो हुन्छिन् ।बलिउड अभिनेत्री आलिया भट्टको लिंकअप रणवीर कपूरसँग भएको खबर आजकल खुब चलिरहेको छ । एक टीभी च्यानलसँगको अन्तर्वार्ताका बेलामा आलिया यो प्रश्न सुनेर बहुतै लजाइन् र आफ्नो अनुहार दुवै हातले ढाकिन् । उनले आफ्नो अफेयरका बारेमा केही पनि नलुकाउने अनि केही पनि नबताउने भनिन् । आलिया भन्छिन्, ‘अफेयरका खबरहरू साँचो भएपनि मलाई नराम्रो लाग्दैन, झुटो भएपनि नराम्रो लाग्दैन । यस्ता खबरले मलाई असर पार्दैन । म कूल बस्नुपर्छ । अफेयरको कुरा म कहिले पनि सीधै स्वीकार गर्दिनँ र अस्वीकार पनि गर्दिनँ ।’ आजकल रणवीरसँगको अफेयरको खुबै
इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार हिमेश तथा सोनियाको विवाह शुक्रबार राति हुनेछ । सोनम कपुर र नेहा धूपियापछि अब बलिउडमा एक अर्को विवाहको चर्चा चलेको छ । प्रख्यात गायक हिमेश रेशमियाले आफ्नी गर्लफ्रेण्ड सोनिया कुपरसँग विवाह गरेको अपुष्ट समाचारहरु सार्वजनिक भएको भारतीय अनलाइनहरुले समाचार लेखेका छन् । केही सञ्चारमाध्यमहरुले भने हिमेश र सोनियाको मेहन्दी कार्यक्रम दुई दिन पहिला भइसकेको छ र आज शुक्रवार पार्टी हुनसक्छ । हिमेशको यो दोस्रो विवाह हुनेछ । यसअघि उनले सन् १९९५ मा कोमलसँग विवाह गरेका थिए तर २०१७ मा दुबै जना अलग भएका थिए । हिमेशले २१ वर्षको उमेरमा कोमलसँग विवाह गरेका थिए र उनीहरुको एक छोर
फिल्म ‘दंगल’ तथा सिक्रेट सुपरस्टार जस्ता सुपरहिट फिल्मबाट चर्चामा आएकी जायरा वसीमले उनको बाल्यकालदेखिको बिमारी बारेमा खुलासा गरेकी छिन् । उनले आफू बाल्यकाल देखिनै डिप्रेशनबाट पीडित रहेको कुरा लेखेकी छिन् । उनले डिप्रेशनकै कारण आत्महत्या गर्ने सोच पनि आउने गरेको तर परिवारमा उनलाई यति सानो उमेरमा डिप्रेशन हुँदैन भनेर सम्झाउने गरेको पनि बताइन् । १७ वर्षीया जायराले सामाजिक सञ्जालमा आफ्नो बिमारीका विषयमा लेखेकी छिन्, ‘अन्ततः म यो कुराको बारेमा बताउँदैछु कि म लामो समयदेखि डिप्रेशन र एन्जाइटीबाट पीडित छु । मलाई यस्तो बिमारी भएको चार वर्ष भयो’ । साथै उनले बिमारीकै कारण दिनमा पाँच वटा एन्टी–डिप्रेशनक
मंगलबार सोनम कपुर र आनन्द अहुजाको विवाह भयो । यी दुईको विवाह थुप्रै कारणले चर्चामा रहेपनि उनीहरुको केकले तहल्कै मच्चायो । वास्तवमा, यो केकमा दुलहा–दुलही बनाइएको थियो जहाँ बास्केटबल कोर्ट पनि थियो । केकमा बनेको आकृतीका अनुसार बेहुलीले बेहुलाको कठालो समातेर घिसारिरहेकी छिन् । यो आकृतीलाई सोनम र आनन्दसँग जोडिएको छ किनभने आनन्दलाई बास्केटबल खेल्न निकै मनपर्छ ।
बलिउड अभिनेत्री सोनम कपुर आज आफ्ना प्रेमी आनन्द आहुदासँग विवाह वन्धनमा बाँधिँदैछिन् । यतिबेला कपुर निवासमा विवाहको तामझाम सुरु भइसकेको छ । सोनम कपुर प्रख्या अभिनेता अनिल कपुरकी छोरी पनि हुन् । त्यसैले भारतीय सञ्चारमाध्यमले यो बिहेलाई निकै महत्व दिएका छन् । बिहेका पलपलका अपडेटहरु आइरहेका छन् ।
बलिउडकी चर्चित अभिनेतृ दीपिका पादुकोण सोमबार न्यूयोर्कमा भएको फेशनको प्रतिष्ठित इभेन्ट ‘मिट गाला २०१८’मा झुल्किइन्। रेड कार्पेटमा उत्रँदा ‘बाजिरावो मस्तानी’ को ड्रेसको डिजाइन नेपाली मूलका प्रबल गुरुङ रहेका थिए। हलिउडका मै हुँ भन्ने कलाकार तथा सेलिब्रेटीहरुसँगै स्टेज सेयर गरेकी दिपिकाले रातो गाउन लगाएकी थिइन्।आकर्षणको केन्द्र बनेकी सबैकाआँखा उनमै थिए।रातो हिल, रातो लिपिष्टिकसँगै हिराको गहनामा सजिएर र्याम्पमा उत्रँदा उनले वाहवाही मात्र बटुलिनन्, डिजाइनर प्रबलको पनि खुबै तारिफ भयो। ‘हेभेन्ली बडिज : फेसन एण्ड क्याथोलिक इम्याजिनेसन’ थिममा भएको फेसन सोमा दिपिकासँगै बलिउडकी अर्की नायिका प्रियङ्का
बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आएकी छन् । उनले दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गरिन् । बिहान साढे १० बजे उद्घाटन कार्यक्रममा राखिएको थियो । तर, करिश्मा २ घन्टा ढिलो आइन् । जबकि बिहान साढे ८ बजे नै उनी एयरपोर्ट उत्रिसकेकी थिइन् । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई पनि निम्त्याइएको थियो । एउटा सामान्य कार्यक्रमका लागि महंगो रकम खर्चेर भारतीय नायिकालाई झिकाउनुको आशय भने प्रष्ट भएको छैन । त्यसमाथि करिश्मा अहिले बलिउडबाट हराइसकेकी नायिका हुन् ।
अहिले बलिउड बजारमा अभिनेत्री सोनम कपूरको विवाह बारे खूब चर्चा चलिरहेको छ। सोनमले मे ८ मा आनन्द आहुजासँग विवाह गर्न लागेकी हुन्।अहिले कपुर निवासमा अतिथिहरुको चहलपहल सुरु भइसकेको छ। निर्माता तथा निर्देशक करण जोहर सोनमको विवाहको लागि निकै नै उत्साहित देखिन्छन्। उनले सामाजिक सञ्जाल मार्फत विवाहका लागि नृत्य अभ्यास गरिरहेको भिडियो पनि सेयर गरिसकेका छन्। समाचारका अनुसार करण जोहरले सोनमलाई सुन्दर उपहार दिने तयारीमा छन्। करणले सोनमलाई साडी, गहना तथा मिठाई उपहार दिने भएका छन्। उनले कान्जिवराम साडी, अमरापाली झुम्का, चाँदीको कंगन अनि इयररिङसहरु दिन लागेका हुन् । त्यसका साथै उनले मोतिचुरको लड्डुहरु
दीपिका पादुकोण चर्चित भारतीय अभिनेत्री हुन् । कहिलेकाहीँ यस्तो कुराले समस्यामा पार्छ । दीपिकाको व्यायाम गर्दै गरेको फोटो अहिले भाइरल बनेको छ । तर, चर्चा उनको फिट शरीरभन्दा पनि त्यसमा खोपिएको पूर्वप्रेमीको ट्याटुलाई लिएर छ । दीपिकाको ट्याटुमा ‘आरके’ लेखिएको छ । स्रोतका अनुसार उनले यो ट्याटु रणवीर कपुरसँग प्रेम सम्बन्धमा रहँदा बनाएकी थिइन् । रणवीरसँग उनको सम्बन्ध विच्छेद भएको ३ वर्षभन्दा बढी समय भइसकेको छ । केही समयपहिले दीपिकाले सर्जरी गरेर ट्याटु हटाएको समाचार पनि आएको थियो । तर, यो सबै हल्ला थियो । दीपिका अहिले रणवीर सिंहसँगको गहिरो प्रेममा छिन् । उनीहरूले यसै वर्ष बिहे गर्ने योजना बनाएका
मोडलबाट नन बनेकी सोफिया हयात विवाहको एक वर्षपछि श्रीमानसँग अलग्गिएकी छिन् । उनले इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरेकी छिन् जसमा उनी क्वाँक्वाँ रोइरहेको देखिन्छिन् । श्रीमानको धोकाले सोफिया निकै दुःखी भएको देखिन्छिन् । उनले श्रीमानलाई धोका दिएको भन्दै घरबाट निकालेकी छिन् । सोफियाले श्रीमानमाथि इन्गेजमेन्टको औंठी र घडी बेचेको आरोप लगाएकी छिन् । सोफियाले रुँदै ब्रेकअपसँग डील गर्न निकै गाह्रो भएको बताउँछिन् । उनी भन्छिन्, ‘एउटै समयमा श्रीमान र बच्चा गुमाउनु ठूलो पीडा हो । मैले यो कुरा सार्वजनिक गर्नुको कारण यो हो कि म उसलाई पाठ पढाउन चाहन्छु । यी सबै कुरा सहन निकै गाह्रो भइरहेको छ । केही चमत्क
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved