अहिले बलिउड बजारमा अभिनेत्री सोनम कपूरको विवाह बारे खूब चर्चा चलिरहेको छ। सोनमले मे ८ मा आनन्द आहुजासँग विवाह गर्न लागेकी हुन्।अहिले कपुर निवासमा अतिथिहरुको चहलपहल सुरु भइसकेको छ। निर्माता तथा निर्देशक करण जोहर सोनमको विवाहको लागि निकै नै उत्साहित देखिन्छन्। उनले सामाजिक सञ्जाल मार्फत विवाहका लागि नृत्य अभ्यास गरिरहेको भिडियो पनि सेयर गरिसकेका छन्। समाचारका अनुसार करण जोहरले सोनमलाई सुन्दर उपहार दिने तयारीमा छन्। करणले सोनमलाई साडी, गहना तथा मिठाई उपहार दिने भएका छन्। उनले कान्जिवराम साडी, अमरापाली झुम्का, चाँदीको कंगन अनि इयररिङसहरु दिन लागेका हुन् । त्यसका साथै उनले मोतिचुरको लड्डुहरु पनि उपहारमा दिन लागेका हन्। करणले सोनमको विवाहको संगीत पार्टीमा विशेष अभिनय पनि देखाउनेछन्। पर्सि जोडीले परम्परागत शिख समारोहमा रही विवाह गर्दैछन्।