बलिउडकी चर्चित अभिनेतृ दीपिका पादुकोण सोमबार न्यूयोर्कमा भएको फेशनको प्रतिष्ठित इभेन्ट ‘मिट गाला २०१८’मा झुल्किइन्। रेड कार्पेटमा उत्रँदा ‘बाजिरावो मस्तानी’ को ड्रेसको डिजाइन नेपाली मूलका प्रबल गुरुङ रहेका थिए।

हलिउडका मै हुँ भन्ने कलाकार तथा सेलिब्रेटीहरुसँगै स्टेज सेयर गरेकी दिपिकाले रातो गाउन लगाएकी थिइन्।आकर्षणको केन्द्र बनेकी सबैकाआँखा उनमै थिए।रातो हिल, रातो लिपिष्टिकसँगै हिराको गहनामा सजिएर र्‍याम्पमा उत्रँदा उनले वाहवाही मात्र बटुलिनन्, डिजाइनर प्रबलको पनि खुबै तारिफ भयो।

‘हेभेन्ली बडिज : फेसन एण्ड क्याथोलिक इम्याजिनेसन’ थिममा भएको फेसन सोमा दिपिकासँगै बलिउडकी अर्की नायिका प्रियङ्का चोपडा पनि सहभागी रहेकी थिइन्। प्रियङ्काले डिजाइनर राल्फ लरेनले तयार पारेको गाउन पहिरिएकी थिइन्।