इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार हिमेश तथा सोनियाको विवाह शुक्रबार राति हुनेछ । सोनम कपुर र नेहा धूपियापछि अब बलिउडमा एक अर्को विवाहको चर्चा चलेको छ । प्रख्यात गायक हिमेश रेशमियाले आफ्नी गर्लफ्रेण्ड सोनिया कुपरसँग विवाह गरेको अपुष्ट समाचारहरु सार्वजनिक भएको भारतीय अनलाइनहरुले समाचार लेखेका छन् । 

केही सञ्चारमाध्यमहरुले भने हिमेश र सोनियाको मेहन्दी कार्यक्रम दुई दिन पहिला भइसकेको छ र आज शुक्रवार पार्टी हुनसक्छ । हिमेशको यो दोस्रो विवाह हुनेछ । यसअघि उनले सन् १९९५ मा कोमलसँग विवाह गरेका थिए तर २०१७ मा दुबै जना अलग भएका थिए । हिमेशले २१ वर्षको उमेरमा कोमलसँग विवाह गरेका थिए र उनीहरुको एक छोरा पनि छन् ।