पूर्व

    Showing ९१-१०० of ९,२८८ items.
  • भोजपुर पनि अलैची जोनमा सूचिकृत

    भोजपुर/ प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना अन्र्तगत जिल्लाका ६ स्थानीय तहका ३० वटा वडा अलैची जोनमा सूचिकृत भएका छन् । नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयको सिफारिसमा ६ स्थानीय तहका ३० वडा अलैची जोनका रूपमा सूचिकृत भएका हुन् । भोजपुर नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १० र ११ का गाउँहरू रहेका छन् । षडानन्द नगरपालिका अन्र्तगत ९, १०, र १३ सूचिकृतमा परेका छन् । परियोजनाको कार्यक्रम अन्र्तगत टेम्के मैयुङ गाउपालिकाको ६ वाहेक ८ वटा वडा सूचिकृत भएका छन् । यस्तै रामप्रसाद राई गाउपालिकाको १, २, ३, ६ र ७ सूचिकृत भएका हुन् । जिल्लाको दक्षिणी आम्चोक गाउँपालिकाको १ , २, ३ र ४ नम्बर रहेका छन् । अरुण

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ४२९ पटक पढिएको
    • सन्देश किराती
  • समाचार प्रभाव: गाउँपालिकाद्वारा सीमसारको गिट्टीबालुवा बिक्रीमा रोक

    भद्रपुर/ऋण तिर्न भन्दै सीमसार क्षेत्रबाट गिट्टीबालुवा उत्खनन् गरी बिक्री गर्दै आइरहेको समितिलाइ गाउँपालिकाले बिक्री गर्न रोक लगाएको छ । सिमसारको गिट्टीबालुवा बेचिदैँ भन्ने शीर्षकमा मङ्गलबार ब्लाष्ट दैनिकमा समाचार प्रकाशित भएपछि भेलागढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद लुइटेललगायत पदाधिकारीलाई बोलाएर गाउँपालिकाले बिक्रीमा रोक लगाएको हो । नियमविपरीत कार्य गरेकाले प्रहरीमार्फत् उत्खनन्मा रोक लगाइएको गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २५ मा उपभोक्ता समितिले गाउँपालिकासँग समन्वय गर्ने भन्ने उल्लेख भए पनि वन समूहले नगरेको देखिएकाल

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • २३३ पटक पढिएको
    • उत्तम नेपाल
  • भारतीय नागरिकता प्रकरण : इटहरी–८ का वडाध्यक्ष शङ्काको घेरामा

    इटहरी/ एक भारतीयलाई नागरिकता सिफारिस प्रकरणमा इटहरी–८ वडाध्यक्ष पनि शङ्काको घेरामा परेका छन् । तात्कालीन कार्यवाहक वडाध्यक्ष बुधनारायण चौधरीले भारतीय नागरिकलाई सिफारिस गरेको भने पनि वडाध्यक्षसमेत संलग्नता रहेको देखिने आधार फेला परेको स्रोत बताउँछ । भारतीय नागरिक गणेश हरिजनलाई कार्यवाहक वडाध्यक्ष बुधनारायणले नागरिकताका लागि सिफारिस दिएका थिए । गणेशलाई इटहरी–८ बस्ने मूर्ति हरिजनको छोरा भएको भन्दै वडा कार्यालयले नागरिकता सिफारिस गरिदिएको थियो । तात्कालीन समयमा वडाध्यक्ष रोहित चौधरी भने बाहिर रहेका थिए । तर, वडाध्यक्ष रोहित पनि नागरिकता सिफारिसमा जोडिएको स्रोतको दाबी छ । वडा कार्यालय

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ३४४ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • कानेपोखरी सामुदाीक प्रहरी पालिका समिति गठन

    पथरी /  मोरङको कानेपोखरी गाउँपालिकामा कानेपोखरी सामुदायिक प्रहरी पालिका समिति गठन भएको छ । प्रदेश सरकारले अघि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सुरक्षा अवस्थालाई व्यवस्थित गर्न गाउँपालिका स्तरीय समिति गठन भएको हो ।समितिमा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले संयोजक रहने गरी पालिकाको उपाध्यक्ष राजमती इङ्नाम सहसंयोजक रहेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरी प्रमुख कमल बजगाईं सहसंयोजक, रमाइलो प्रहरी चौकी असई हरिवहादुर कार्की सदस्य सचिव रहने गरी २१ सदस्यीय समिति गठन भएको छ । जसको सदस्यहरुमा, वडाध्यक्षहरुबााट मोहन अधिकारी, संञ्चार क्षेत्रबाट दिनेश सुब्बा,स्वा

    • प्रकाशित मितिः मंसिर ६, २०७५
    • ५३३ पटक पढिएको
    • दिनेश सुब्वा
  • सवारी चालकको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

    भद्रपुर /  सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा दिने दुइजना नक्कली परीक्षार्थीलाइ सवारीसहित प्रहरीले पक्राउ गरेको छ । मेची यातायात व्यवस्था कार्यालय बिर्तामोडले वुधबार लिएको सवारी चालकको ट्रायल परीक्षामा अर्कैको नाममा ट्रायल दिएको पत्ता लागेपछि उनिहरु पक्राउ परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ११ का ३४ वर्षीय वालकुमार राई र बिर्तामोड नगरपालिका २ का २३ वर्षीय विवश अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका इन्सपेक्टर राजेश राईले जानकारी दिए ।ट्रायल परीक्षामा अधिकारीको नाममा राईले ट्रायल दिँदादिँदै उनीहरूलाई

    • प्रकाशित मितिः मंसिर ६, २०७५
    • ३२५ पटक पढिएको
    • उत्तम नेपाल
  • मैना मैनीमा दुर्लभ पक्षी गिद्ध संरक्षण अभियान 

    गाईघाट ।  उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ । नगरपालिकाका अनुसार उक्त भीर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लाहरूमा घुमन्ते गिद्धहरूको लामो समयदेखि आश्रयस्थल रहेको र अहिले झण्डै ६०० गिद्ध बस्दै आएका कारण यसको संरक्षणमा अभियान नै शुरु गरिएको छ । दिनको समयमा सुगाचरी भीरमा बस्ने गिद्धहरू पहाडी जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस

    • प्रकाशित मितिः मंसिर ६, २०७५
    • ६०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कुम्मायकमा नँया भाडादर कायम

    कुम्मायक/ पाँचथरको कुम्मायक गाउँपालिकामा सवारी साधनमा नयाँ भाडादर कायम गरिएको छ । डिजेल र पेट्रोलको मूल्य वृद्धिसँगै प्रचलित रहेको भाडादरमा १० प्रतिशत वृद्धि गर्नुपर्नेमा यात्रुको सहजताका लागि केही प्रतिशतमात्र भाडादर कायम गरिएको हो । मङ्गलबार गाउँपालिकाको केन्द्रमा बसेको जनप्रतिनिधि, प्रशासन, व्यवसायी र राजनीतिक दलका प्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो । हिमाल यातायात सङ्घले सोही मितिबाट भाडादरलाई कायम गर्न लागेको छ । नयाँ भाडादर अनुसार अब यातायात सङ्घले गाउँपालिकाको केन्द्र यासोकबाट बिर्तामोडसम्म ७ सय ५०, यासोक–धरान ७ सय ५०, यासोक–दमक ८ सय र यासोक–फिदिम २ सय ५० रुपै

    • प्रकाशित मितिः मंसिर ६, २०७५
    • २६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘भवन निर्माणमा आप्रावासीको हस्तक्षप’

    दमक/ झापाको दमकमा भवन निर्माण क्षेत्रमा आप्रावासी हाबी भएको भन्दै स्थानीय निर्माण व्यवसायीले गुनासो गरेका छन् । पत्रकार मञ्च दमकको कार्यालयमा पत्रकार सम्मेलन गरेर उनीहरूले दमकमा भारत र बङ्गलादेशका व्यवसायीले भवन निर्माणको काम गर्ने गरेको आरोप लगाएका हुन् । साना निर्माण व्यवसायी सङ्घ, स्वतन्त्र जडान मजदुर सङ्घले संयुक्त पत्रकार सम्मेलनमा नगरपालिकाका कर्मचारीको मिलेमितोमा गैर नेपालीलाई भवन निर्माण गर्न दिएको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै साना निर्माण व्यवसायी सङ्घ दमक नगर कमिटिका अध्यक्ष शान्तिराम गौतमले कमिसनका लागि नगरपालिकाकै कर्मचारीले गैर–नेपालीलाई नागरिकता बनाउन सहयोग गरेको

    • प्रकाशित मितिः मंसिर ६, २०७५
    • ३५० पटक पढिएको
    • भूमिराज पराजुली
  • २ विदेशीसहित ४ सय ८६ जना फरार सूचीमा

    ताप्लेजुङ/जिल्ला अदालतले आर्थिक वर्ष ०७५/७६ अन्तर्गत ३ सय २२ थान मुद्दा फछ्र्यौट गरेको छ । ४ सयमध्ये फछ्र्यौट हुन बाँकी ७८ मुद्दा अघिल्ला आर्थिक वर्षबाट सरिआएको (अल्या) र यसवर्ष साउन यता थप १ सय ६४ थान गरी २ सय ४२ मुद्दामध्ये ४८ वटा मुद्दा फछ्र्यौट भएको छ । कार्तिक मसान्तसम्मको तथ्याङअनुसार अब १ सय ९४ थान मुद्दा बाँकी रहेको छ । फैसला कार्यान्वयनअन्तर्गत जरिवानातर्फ २५ लाख १२ हजार १ सय ४७ रुपैयाँ फछ्र्यौट भएको जिल्ला न्यायाधीश कृपाश्वर कार्कीले जानकारी दिए । जरिवानातर्फ ६५ लाख ४ हजार ४ सय ८३ रुपैयाँ बाँकी रहेको छ । अल्या ८३ लाख ८८ हजार ९ सय ४५ रुपैयाँ र यस वर्ष ६ लाख २७ हजार ६ सय ८४ रुपैयाँ २

    • प्रकाशित मितिः मंसिर ६, २०७५
    • ३२७ पटक पढिएको
    • वसन्त लिम्बू
  • जुटमिलको व्यावसायिक उत्पादन सुरू सुतलीपछि बोरा

    विराटनगर/ नेपालको सबैभन्दा पहिलो उद्योग ऐतिहासिक विराटनगर जुट मिलले व्यावसायिक रूपमा उत्पादन गर्न शुरु गरेको छ । पछिल्लो पटक जुट मिल सञ्चालनमा आएपछि जुटको ‘सुतली’ पछि बोरा उत्पादन हुन थालेको छ । विभिन्न साइजको ३२ टन सुतली उत्पादन गरेपछि अहिले जुटको बोरा उत्पादन गर्न शुरु गरेको विराटनगर जुट मिलका अध्यक्ष वसन्त बनले जानकारी दिए । ‘जुट मिलले सुतली उत्पादन गरेको सामग्री बिक्री गर्नको लागि प्याकिङको रूपमा बोरा उत्पादन ग¥यो,’ उनले भने, ‘प्याकिङका लागि पर्याप्त बोरा भयो । अब बिक्री गर्न विभिन्न साइजको बोरा उत्पादन हुन थालेको छ ।’ सुतली प्याकिङ गर्न एक सय केजी

    • प्रकाशित मितिः मंसिर ६, २०७५
    • ३२४ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved