पथरी /  मोरङको कानेपोखरी गाउँपालिकामा कानेपोखरी सामुदायिक प्रहरी पालिका समिति गठन भएको छ । प्रदेश सरकारले अघि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सुरक्षा अवस्थालाई व्यवस्थित गर्न गाउँपालिका स्तरीय समिति गठन भएको हो ।
समितिमा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले संयोजक रहने गरी पालिकाको उपाध्यक्ष राजमती इङ्नाम सहसंयोजक रहेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरी प्रमुख कमल बजगाईं सहसंयोजक, रमाइलो प्रहरी चौकी असई हरिवहादुर कार्की सदस्य सचिव रहने गरी २१ सदस्यीय समिति गठन भएको छ । जसको सदस्यहरुमा, वडाध्यक्षहरुबााट मोहन अधिकारी, संञ्चार क्षेत्रबाट दिनेश सुब्बा,स्वास्थ क्षेत्रबाट रोहिन्द्र राजभण्डारी,सामुदायीक संघ संस्थाबाट नविन पौडेल, मनोज राजवंशी,महिला तथा बालबालिका समूहबाट पदमा कुमारी कार्की,आमा समूहबाट शोभा खनाल,विद्यालयबाट मानबहादुर मगर, अभिभावकबाट भोजकुमार श्रेष्ठ, सरोकार संस्थाबाट हरि पौडेल, बद्रि भट्टराई, नागरिक समाजबाट हेमसागर खतिवडा, नविन राई, त्रिभूनाथ फूयल,गोपाल कार्की, दानबहादुर बस्नेत र हेम नारायण चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालयले १७ वटा स्थानीय निकायमा समुदाय – प्रहरी साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रम गरिसकेपछि पालिकास्तरको समिति निर्माणको काम अघि बढाएको हो ।