Trending Tags

मनोरञ्जन

    Showing ७१-८० of ३,००४ items.
  • हिमाल सागरको ‘भुलिदेऊ’

    धरान । गायक हिमाल सागरको स्वर तथा संगीतमा भुलिदेऊ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ब्लड क्यान्सरले पीडित प्रेमिका र शंकालु प्रेमीबीचको कथालाई म्यूजिक भिडियोमा उतारिएको छ । रोहन पौडेल जनकको शब्द रहेको गतिमा महेश्वरमान राजभण्डारीको संगीत संयोजन रहेको छ । गीतको छायांकन अमेरिकामा गरिएको छ भने भिडियोमा पूर्ण लम्साल, गायक र लक्ष्मी ओलीलाई फिचर्ड गरिएको जनाइएको छ । लक्ष्मीले यही गीतबाट अभियनमा डेब्यु गरेकी हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । हिमाल सागरले एक महिनाअगि मात्रै एउटा गीत सार्वजनिक गरेका थिए । 

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • १९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘केः’ चार वटा अवार्ड जित्ने पहिलो लिम्बू मातृभाषि फिल्म

    पाँचथर  / पूर्वी नेपालको एउटा याक्थुङ (लिम्बू) गाउँ । त्यहिं गाउँमा जन्मि हुर्केर उच्च शिक्षा अध्ययन गरेका निङ्वासो साँस्कृतिक पुनर्जागरणको अभियानमा लाग्छन् । पढाई सकेर गाउँ फर्केपछि केःलाङ् मञ्च बनाउछन् । उनी त्यसका अध्यक्ष बन्छन् । ‘एक घर, एक च्याब्रुङ निर्माण’ को अभियान चलाउछन् । त्यहिंबेला उनलाई गाई मारेको आरोपमा प्रहरीले गिरफ्तार गरेपछि लिम्बू कथानक चलचित्र ‘केः’ को कथाले फरक मोड लिन्छ । ‘केः’ अर्थात् ‘च्याब्रुङ’ । याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक बाजा । बिबाह उत्सव, नयाँ घर सर्दा अनि विभिन्न पर्व र अवशरहरुमा च्याब्रुङ नाच्ने परम्परा छ । याक्थुङ (लिम्बू) समुदायमा यसको आफ्नै कि

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • ६५६ पटक पढिएको
    • सन्देश सुब्बा
  • गीतकार सञ्जीवको ‘सालघारी’ मा सार्वजनिक

    धरान/ गीतकार सञ्जीव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको ‘सालघारीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।रोमाण्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायाङ्कन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन् । राजु कार्कीले एरेञ्ज गरेको गीतको सङ्गीत दिलिप कोयी राईले गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोका लागि शृङ्गार सञ्जु थलङले गरेकी हुन् भने ड्रोनमा किरण रोक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन् । वान पिस स्टुडियो काठमाडौंमा रेकर

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • १४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • गीतकार सन्जिबको “सालघारीमा” सार्वजनिक

    धरान । गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन्। राजु कार्कीले एरेन्ज गरेको गीतको संगीत दिलीप कोयी राईले गरेका हुन्। सार्वजनिक म्युजिक भिडियोका लागि ऋगार सन्जु थलङले गरेकी हुन् भने ड्रोनमा किरण रोक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन् । वान पिस स्टुडियो काठमाडौंमा रेकडि

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • २८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सलोन र वर्षाको रोमान्स

    धरान । अभिनेता सलोन बस्नेत र वर्षा राउत अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । सम्झेर एक्लै बोलको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । गायक एसडी योगी र मेलिना मैनालीको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । सलोन र वर्षालाई फिचर्ड गरिएको भिडियोलाई रामअविरल विष्ट र एसडी योगीको संगीत रहेको छ भने रिकेश गुरुङ किजले एरेञ्ज गरेका छन् । भिडियोलाई रिजन थापा र अभाषा उप्रेतीले निर्देशन गरेका हुन् । 

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • १२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • कलाकार शम्भु थापाको निधन

    कलाकार शम्भु थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’नामले परिचित थिए ।उनको पाटन हस्पिटल ललितपुरमा भेन्टिलेटरमा राखेर उपचार गरिदैँ आएको थियो । १८ दिनदेखि उनी उपचाररत थिए । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । उनले थुप्रै चलचित्रमा अभिनय गरेका उनले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् ।‘मदन बहादुर हरिबहादुर’मा पनि उनले अभिनय गरेका थिए ।एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षको उमेरमा थापाको निधन भएको हो । थापाले टेलिफिल्म हल्का रमाइलो ,

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • ३६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नितिनले ल्याए ‘कसम हो कसम’

    धरान/ गायक नितिन गजुरेलले ‘कसम हो कसम’ गीतको भिडियो सार्वजनिक गरेका छन् । मुनालशिशिर कोइरालाको शब्द तथा दीपकराज विश्वकर्माको सङ्गीतमा गीत सार्वजनिक गरिएको हो । नितिनलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । माया–प्रेममा समर्पण भावको गीतको भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठलाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई मुनालशिशिरको निर्देशन गरेका छन् । भिडियो जनता डिजिटलको युट्युबमा रिलिज गरिएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • १५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विवेकले जिते युगल पोट्रेट फोटोग्राफीको उपाधि

    धरान । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा सम्पन्न युगल पोट्रेट फोटोग्राफी प्रतियोगिताको उपाधि विवेक श्रेष्ठले जितेका छन् । ललितपुर निवासी श्रेष्ठले ३८ जिल्लाका ३६६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । ३६६ प्रतिस्पर्धीको ५१३ वटा फोटो सहभागी गराइएको आयोजक फोटो पसलका प्रबन्ध निर्देशक वीक्रम न्यौपानेले बताए । प्रतियोगितामा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाकोका वरिष्ठ फोटोग्राफर जेम्सबि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस निर्णायक मण्डलमा रहेका थिए । यस्ता खाल्का प्रतियोगिताले फोटाग्राफरको व्यवसायिकतातर्फ ध्यान दिने फोटोग्राफीम

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • २६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • छायांकनको क्रममा दुर्व्यवहार गर्ने दुई चलचित्रकर्मीलाई कारबाही

    धरान । छायांकनको क्रममा झैझगडा र दुर्व्यवहार गरेको आरोप लागेपछि चलचित्र क्षेत्रमा आवद्ध दुई जनालाई एक वर्षसम्म फिल्मका गतिविधिमा संलग्न नहुने गरी कारबाही गरिएको छ । निर्माता तथा कलाकार बोधराज पुरुष र अर्का निर्माता साथै निर्देशक भीम लामालाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले कारबाही गरेको हो । बोधराजलाई एक वर्षसम्म फिल्मका कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो भने भीमलाई ६ महिनासम्मका लागि प्रतिबन्ध लगाएको हो । उनीहरूले सिरियल छायांकनको क्रममा झैझगडा र दुव्र्यवहार गरेको आरोप लागेको छ । उक्त आरोपको विषयमा छानबिन गर्ने क्रममा महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले ग

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ३१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गायक सुशान्तले किने जावा पेराक

    धरान । गायक सुशांत केसीले अन्य दुई पाङ्ग्रे सवारीका तुलनामा जावा पेराक मोटरसाइकल आफ्नो रोजाइको गाडी रहेको बताएका छन् । उनले हालै मात्रै जावा पेराक गाडी खरिद गर्दै अन्यको तुलनामा आरामदायी रहेको बताए । उनले आफ्नो जीवनसँग मेल खाने भन्दै गाडी खरिद गरेको कम्पनीले जनाएको छ । अग्नि मोटोइन्क प्रालिले नेपालमा भित्र्याएको जावा पेराक २०२१ मर्चमा नेपाली बजारमा ल्याइएको हो । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्निले १३ अक्टोवर २०२० मा छन् । 

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • ५४७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved