ब्रिटिस गाेर्खा सैनिककाे वीरताकाे कथामा आधारित नेपाली चलचित्र गाेर्खा वारियर हङकङमा प्रदर्शन हुने भएकाे छ ।

किरात राई यायाेक्खा हङकङकाे आयाेजनामा जुन २ मा वाम्पाे सिनेमा हलमा चलचित्र प्रदर्शन हुने भएकाे हाे । किराया अध्यक्ष गजेन्द्र बहादुर राई, ब्रिटिस गाेर्खा भुतपुर्व सैनिक संघका उपाध्यक्ष ईश्वर गुरुङ र भुतभुर्व गाेर्खा सैनिक हरिप्रसाद राईले आईतबार आयाेजीत प्रेस मिटमा फिल्मकाे पाेस्टर सार्वजनिक गर्दै प्रदर्शन बारे जानकारी दिएका छन् ।

received_2133495323678262

प्रेस मिटमा भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङका अध्यक्ष डालजीत गुरुङ, संस्थापक जंगबहादुर गुरुङ, भुपु मेजर ईन्द्र राई, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शम्सेर तुम्बाहाङ्फे, हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, किरात सुनुवार समाज हङकङका अध्यक्ष श्याम सुनुवार लगायतकाे उपस्थिति रहेकाे थियाे ।