Trending Tags

एसिया

    Showing १५१-१६० of ४५३ items.
  • सूर्य देवको पूजा आराधना गर्ने छठ पर्व अाजबाट शुरु

    काठमाडौँ/ सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठी

    • प्रकाशित मितिः कार्तिक ७, २०७४
    • ४३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • खोटाङमा ३० लाखको कृत्रिम फूलको माला बिक्री

    खोटाङ । स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला यसवर्ष तीस लाखभन्दा बढीको बिक्री भएको पाइएको छ। जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फूलको माला बिक्री भइरहेको छ। जिल्लामा सयपत्री, मखमली, गोदावरीलगायत फूल खेती गर्दा राम्रो उत्पादन हुने सम्भावना भए पनि व्यावसायिक रुप दिन नसक्दा कृत्रिम फूलको भर पर्नुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए। ’प्लाष्टिकजन्य कृत्रिम फूलले स्वास्थ्यका लागि हानि गर्छ भन्ने सबैलाई थाहा छ,’ उनले भने, ’जिल्लामा प्राकृतिक फूलले नपुग्ने भएपछि रोक लगाउन सकिएको छैन।’ जिल्लाका

    • प्रकाशित मितिः कार्तिक ४, २०७४
    • ५३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज भाइटीका, बिहान ८ बजेअघि टीका लगाउन नहुने, ११ः५१ बजेको साइत उत्तम

    धरान । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । ‘भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको स

    • प्रकाशित मितिः कार्तिक ४, २०७४
    • ४५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धन पूरा गरिँदै

     धरान। यमपञ्चकको चौथो दिन आज गाई गोरु तथा गोवर्द्धन पूजा गरी बिशेष रुपमा मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको दूध आमाको दूध जत्तिकै पौष्टिक हुन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औंसीको अन्त्य र प्रतिपदाको स

    • प्रकाशित मितिः कार्तिक ३, २०७४
    • ७४४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लैखम गाउँ, जहाँ देउसी भैलो खेल्न पाइँदैन

    जाजरकोट । जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो । लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनौ समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन् । वर्षांैदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन् । अन्य भैली खेल्ने टोली आएमा महादेवको भैलोले असर गर्ने भएकाले लैखम गाउँमा भैली, देउसी खेल्ने युवायुवती आउन नपाउने विगतदेखिको सामाजिक परम्परा नै रहेको लैखमका जयबहादुर खत्रीले बताए । महादेवक

    • प्रकाशित मितिः कार्तिक २, २०७४
    • ५०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बजारमा कृत्रिम फूलको बिक्री बढ्दो, एउटै मालाको १ हजारसम्म

    धनकुटा । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकएसँगै कृत्रिम फूलले गाउँ सहर रंगिन थालेका छन्। हेर्दा आकर्षक तथा राम्रो देखिने, माला उन्न झन्झटिलो पनि नहुने र सहजै रुपमा प्रयोग गर्न सकिने भएकाले यतिबेला कृत्रिम फूलको मालाको प्रयोग बढ्दै गएको हो। रबरबाट बनाइएका विभिन्न प्रकारका मालाहरु घरमा सजाउन तथा पूजा गर्न प्रयोग हुने गरेको धनकुटा सदरमुकामका महेन्द्र कार्कीले बताए। उनका अनुसार केही पहिलेको तुलनामा वर्षेनी कृत्रिम फूलहरु किन्ने ग्राहकको संख्या बढेको छ। तिहारका लागि गाउँमा रोपिएका फूलहरु समयमा नै नफुल्ने हुनाले कृत्रिम फूलमा मानिसहरुको आकर्षण बढेको धनकुटा बजारमा कृतिम फूल किनिरहेकी धनकुटा नग

    • प्रकाशित मितिः कार्तिक २, २०७४
    • ६१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दीपावलीले नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस्  राष्ट्रपति भण्डारी

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्। दीपावलीको अवसरमा शुभकामना दिँदै उनले प्रत्येक नेपालीको घर–घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गरेकी छन् । राष्ट्रपतिले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्मा

    • प्रकाशित मितिः कार्तिक २, २०७४
    • ५०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापामा फूल नफुल्दा अभाव, रु एक करोडको आयात

    झापा । पूर्वी नाका काँकरभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि रु एक करोडको फूल आयात हुने भएको छ । तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा भारतबाट बर्र्र्र्षेनी फूलको आयात बढ्दै गएको छ । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले झापामा तिहारका लागि यस पटक रु एक करोड बराबरको फूल आयात हुने जानकारी दिए। “झापामा मागअनुसारको १० प्रतिशत पनि फूल उत्पादन हुँदैन”, उनले भने, “व्यावसायिक रुपमा फूलखेती नहुँदा वर्षेनी मोटो रकम भारत जाने गरेको छ ।” उनले फूलको व्यावसायिक खेतीका लागि किसानलाई सरोकारवाला निकायले प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने जोड द

    • प्रकाशित मितिः कार्तिक २, २०७४
    • ५२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज लक्ष्मीपूजाः धनधान्यकी देवी लक्ष्मीको पूजा गरिदै

    धरान । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम

    • प्रकाशित मितिः कार्तिक २, २०७४
    • ५५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • मनाइयो कुकुर तिहार, नरक चतुर्दशी

    काठमाडौँ/ यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो । कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान सबेरै उठेर नजिकको नदी, पोखरी वा तलाउ गई नरक स्नान गरी तर्पण गरेर यम दीपबाली दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान नदी, ताल तलाउमा बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यसै कारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजै घर घरमा इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर मनाइयो । कात्तिक कृष्ण चतुर्द

    • प्रकाशित मितिः कार्तिक १, २०७४
    • ७९३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved