Trending Tags

अर्थ

    Showing ९१-१०० of ५,४२० items.
  • पथरीमा हुने जिल्ला बचतको गोष्ठीमा ५ वटा कार्यपत्र प्रस्तुत हुने

    पथरी । मोरङको पथरी शनिश्चरे नगरमा जिल्ला बचत तथा ऋण सहकारीको आयोजनामा साकोस गोष्ठी हुने भएको छ ।पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी पथरीको शीन भिलेज पार्टी प्यालेसमा असार १८ र १९ गते हुने बारेमा जिल्ला बचतले जानकारी गएको हो । गोष्टीको दोस्रो दिनको पहिलो सत्रमा मोरङको १७ वटै पालिका प्रमुख र उपप्रमुखलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । दुई दिने साकोस गोष्ठीमा ५ वटा कार्यपत्रहरु प्रस्तुत हुने भएको छ । जस्तै १. ‘साकोस सञ्जालिकरण र प्रविधि’ शीर्षकको कार्यपत्र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी (नेफ्स्कुन) का महासचिव दामोदर अधिकारीबाट प्रस्तुत र जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल टिप्पणी

    • प्रकाशित मितिः असार १६, २०७९
    • १८२ पटक पढिएको
    • दिनेश सुब्बा
  • धरान ५ मा खैरेनी कृषि समूहले मनायाे धान दिवस

    देउराली ।  १९ औ राष्ट्रिय धान दिवसको अवसरमा  धरान उपमहानगरपालिका ५ स्थित खैरेनीमा खैरेनी कृषि समूहले पनि धान दिवस मनाएको छ ।  कृषि आधुनिकता अन्त गर्छ परनिर्भरता भन्ने नाराका साथ  रोपाई  कार्यक्रम गर्दै  समूहले धान दिवस मनाएको हो ।खैरेनी देवीथान मार्ग स्थित भद्र बहादुर मगरको खेतमा सम्पन्न रोपाई कार्यक्रमको भूमि पूजा गर्दै  प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम वेघाले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन उपप्रमुख बेघाले नेपाल कृषि प्रधान देश भनिए पनि कृषिप्रधान हो कि हैन भन्ने प्रश्न उब्जिएको बताएका थिए । उनले पछिल्लो समय कृषिमा संघ

    • प्रकाशित मितिः असार १५, २०७९
    • २२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सहकारीका कर्मचारीबाटै बचतकर्ताको ३१ लाख अनियमितता

    बेलबारी । सहकारी संस्थाका कर्मचारीबाटै बचतकर्ताको करिब ३१ लाख रुपैयाँ अनियमितता भएको पाइएको छ ।मोरङको सुन्दरहरैंचा–६ गछियामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी विवेक खवासले संस्थालाई थाहा नदिई सदस्यको कीर्ते हस्ताक्षर गरी बचत रकम झिक्ने गरेको पाइएको हो । गत शुक्रबार संस्थाको बचत रकम गणना गर्दा पूरा रकम नभएपछि सम्बन्धित कर्मचारीलाई सोधपुछ गर्दा हिनामिना भएको पाइएको संस्थाले जनाएको छ । संस्थामा नियमित रूपमा कारोबार गर्न नआउने बचतकर्ताको खाताको प्रयोग गरेर खवासले अनियमितता गरेको संस्थाले जनाएको छ ।कर्मचारी खवासले रेमिट्यान्सको पैसा पनि हिनामिना गरे

    • प्रकाशित मितिः असार १५, २०७९
    • १८६ पटक पढिएको
    • विवेक मिश्र
  • केन्टको आर.ओ. वाटर प्यूरिफायर बजारमा

    धरान । केन्ट कम्पनीले आर.ओ. वाटर प्युरिफायर बजारमा ल्याएको छ । उक्त कम्पनीको आर.ओ. वाटर प्युरिफायरमा बहु शुद्धीकरण प्रक्रिया रहेकोले जस्तोसुकै किटाणु पनि नष्ट गर्न सक्ने जनाएको छ । तीव्र सहरीकरणका कारण पानीको गुणस्तर खस्कँदो रहेकाले बर्खाका बेलामा हैजा फैलिन सक्ने भएकाले यस्ता प्युरिफायरले भूमिका खेल्ने कम्पनीले जनाएको छ । काठमाडौँका विभिन्न क्षेत्रमा अहिले हैजा फैलिरहेको सन्दर्भमा यस्ता प्यूरिफायर काम लाग्ने कम्पनीले दाबी गरेको छ । त्यस्ता किटाणुलाई नष्ट गर्ने क्षमता रहेको दाबी गरेको छ । तर, यस्ता दाबीलाई चिकित्सक तथा जीवाणु विशेषज्ञले पुष्टि गरिसकेको अवस्था भने छैन । विभिन्न रोगबाट बच्न सकिन

    • प्रकाशित मितिः असार १५, २०७९
    • ११९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेप्सेको पहिरो थामिएन

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१.३१ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२२ अङ्कले ओरालो लागेर ३७२.६० मा ओर्लेको छ । कूल २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर रु एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।कारोबार भएका कूल १३ उपसमूहमध्ये दुईको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा ग

    • प्रकाशित मितिः असार १४, २०७९
    • १८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बुधबार धान दिवसः २७ अर्बको चामल र १५ अर्बको धान आयात

    असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर ।मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ ।खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन । सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ । भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषि प्रधान देश’ भन्न

    • प्रकाशित मितिः असार १४, २०७९
    • २१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सहज च्यालेन्ज फण्ड दोश्रो चरण ’ का लागि आवेदन खुल्ला

    सहज च्यालेन्ज फण्ड दोश्रो चरण ’ का लागि आवेदन खुल्ला  गरिएको छ । सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यकाे उक्त कार्यक्रमामा  दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले आवेदन दिन सक्ने जानकारी दिएकाे छ ।विराटनगरमा एक कार्यक्रमकाे आयोजना गरेर संस्थाले आवेदकहरुले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधिकरण संग सम्बन्धित चुनौतिलाई सम्बोधन  गर्ने समाधान प्रस्तुत गर्नुपर्ने जनाएकाे छ । आवेदन मिति श्रावन ६ गते सम्म दिन सकिनेछ ।हज च्यालेन्ज फण्ड क

    • प्रकाशित मितिः असार १४, २०७९
    • १११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ईबिलिङकाे प्रस्तावित सिलिङ सच्याउन चेम्बरकाे माग

    बिर्तामोड । आन्तरिक राजश्व बिभागले १० करोडभन्दा बढी कारोबार गर्ने ब्यवसायीले ईबिलिङ(कम्प्युटर बिलिङ) गर्न दिएको निर्देशन पुनर्बिचार गर्न नेपाल चेम्बर अफ कमर्शले माग गरेको छ ।नेपाल चेम्बर अफ कमर्शका प्रदेश न १ उपाध्यक्ष तथा भन्सार तथा राजश्व समितिका सदस्य सन्तोष अग्रवालका अनुसार अहिले ३५ करोडभन्दा बढीको कारोबार गर्ने ब्यवसायीले अनिवार्य रुपमा इबिलिङ गर्नुपर्ने प्रावधान छ । राजश्व बिभागले ३५ करोडलाई घटाएर १० करोडमा झारेकोप्रति चेम्बरले बिरोध गरेको हो ।बिभागको यस प्रावधानले अधिकांस साना घरेलु उद्योग तथा ब्यवसायिक फर्महरुमा दक्ष जनशक्तिको अभावमा आर्थिक भार तथा प्रशासनिक बोझ पर्न जाने चेम्बर अफ कमर

    • प्रकाशित मितिः असार १४, २०७९
    • १७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मल र बिउ उपलव्ध गराउन माग गर्दै राप्रपा झापाद्वारा कृषि ज्ञान केन्द्रमा धर्ना

    भद्रपुर । कृषकलाई मल र बिउ उपलब्ध गराउन माग गर्दै राप्रपा झापाले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । अभावका कारण मर्कामा परेका किसानलाई तत्काल सर्वसुभल तरिकाले मल र बिउ उपलब्ध गराउन माग गर्दै राप्रपाले सोमबार दिउँसो १ बजेदेखि २ बजेसम्म ज्ञान केन्द्रमा धर्ना दिएको हो ।देशव्यापी जनसङ्घर्ष, ज्ञापन–पत्र तथा धर्ना कार्यक्रम अन्तर्गत राप्रपाले कालो ब्यानर बोकेर कृषि ज्ञान केन्द्रको गेटमा बसेर धर्ना दिएको थियो । एकातिर कृषि सामग्रीको अभाव तथा अर्कोतिर चर्को मूल्य वृद्धि हुँदा किसानको खेतीपातीको काम नै अड्किएकाले विरोधमा उत्रनु परेको राप्रपा झापाका अध्यक्ष केशवकुमार ओझाले बताए । महँगी र भ्रष्टाचारविर

    • प्रकाशित मितिः असार १४, २०७९
    • १४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

    आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपिओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी १६ लाख ७२ हजार ७९४ योग्य आवेदकमध्ये छ हजार २६१ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी

    • प्रकाशित मितिः असार १३, २०७९
    • १६१ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved