धरान/ धरानस्थित कृषि उपज बजारबाट पूर्वका आधादर्जन पहाडी जिल्लाका खसीबोका राजधानी निकासी हुन थालेपछि पछिल्लो समयमा मासुको प्रयोजनका लागि खसीबोका अभाव हुन थालेको छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार राजधानी निकासी शुरु भएसँगै खसीबोकाको मूल्य एक्कासि बढेको र अभाव शुरु भएको छ ।

दशैं अघि र पछिका दुई शुक्रबारका दिन सवाकरोड रुपैयाँ बढीको खसीबोका खरिद बिक्री भएको थियो । चाडपर्वमा मासुको प्रयोजनका लागि भोजपुर, सखुवासभा,खोटा¨, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरीका स्थानीय खसीबोका बिक्रीका लागि धरानमा ल्याउने गरेका छन् ।

बजार व्यवस्थापक लक्ष्मण भट्टराईले धरानमा खरिद बिक्री भएका मध्ये ७५ प्रतिशत खसीबोका राजधानी निकासी भएकाले दशैंपछिको शुक्रबारे बजारमामा खशीबोकाको अभाव देखिएको बताए । धरान कृिष बजारमा गत आर्थिक वर्षमा ३० हजार ४ सय खसीबाख्रा मासुको प्रयोजनका लागि बिक्री हुँदा २८ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो । उनले भने, ‘मासुको प्रयोजनका लागि गत शुक्रबार लागेको कृिष उपजबजारमा स्थानीय उपभोक्ताले १० हजार रुपैयाँ पर्ने खसीबोकालाई १५ हजार रुपैयाँसम्म लगाएर खरिद गर्न बाध्य भएका थिए ।’

खसीबोकाको मूल्य एक्कासि बढ्नु र अभाव हुनुमा दुइटा कारण रहेको भट्टराईले बताए । उनकाअनुसार दशैं ताकाको गएका दुई शुक्रबारमा करिब सवाकरोड रुपैयाँ बढीको बिक्री हुनु र अर्को कारण धरानको कृषि बजारबाट यसैपटकदेखि राजधानीतिर करोडौंको खसीबोका निकासी हुनु मुख्य कारण हुन् । राजधानीतिर खसीबोका निकासी हँुदा कृषक र व्यापारीलाई फाइदा पुगे पनि दीपावलीका लागि भनेर किन्ने स्थानीय उपभोक्ताका लागि चाहिँ महँगो हुन पुगेको छ । कृिष उपजबजारमा पछिल्लो शुक्रबार सहित दुई महिनामा करिब अढाइ करोड रुपैयाँको खसीबोका खरिद बिक्रीको कारोबार भएको थियो ।

गत साउन यता ६ करोड ५० लाख रुपैयाँको खसीबाख्रा बिक्री भएको भट्टराईले बताए । गतवर्ष यही समयमा पाँच करोड ५० लाख रुपैयाँको मात्र कारोबार भएको थियो । कृषिबजारमा गत आर्थिक वर्षमा २८ करोड ५० लाख रुपैयाँको कारोबार भएको भट्टराईले बताए । उनले भने, ‘यस वर्षदेखि वार्षिक करिब ३५ करोड रुपैयाँको खसीबोका खरिद बिक्रीको कारोबार हुने सङ्केत देखिएको छ ।’