विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल सामग्री हस्तान्तरण गरिएको छ ।
सोमबार पेष्ट प्रो सोलुसन प्रालिले करिब ४८ लाख रुपैयाँ बराबरका आवश्यक मेडिकल सामग्री हस्तान्तरण गरेको हो । प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले अहिलेसम्मकै ठूलो सहयोग भएको बताए । हालसम्मका दातामध्ये पेष्ट प्रो सोलुसन प्रालि अहिलेसम्मकै सबैभन्दा बढी मूल्यको सहयोग गर्ने संस्था बनेको बताए । प्रालिकी प्रोप्राइटर सुप्रिया माझी वनेपाली र उनका श्रीमान् दीपक वनेपालीले उपकुलपति श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका थिए । प्रालिका अनुसार कुल ४७ लाख ८८ हजार ७ सय रुपैयाँ बराबरका सामग्री प्रतिष्ठानलाई उपलब्ध गराइएको छ ।
































