धरान । सुनसरीको धरानस्थित पब्लिक हाइ स्कुलले आफ्‌नो ७९ औँ वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रम संयोजक वीरेन्द्रबहादुर साहका अनुसार ६६ युनिट रगत सङ्कलन भएको छ । विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले रक्तदान गरेका थिए । जसमा २१ जना महिला र ४५ जना पुरुषले रक्तदान गरेका थिए । हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिँदै आएको संयोजक साहले जानकारी दिए । 

नेपाल रेडक्रस सोसाइटी सुनसरीको ब्लड बैङ्कको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमको उद्घाटन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले गरे । उनले रक्तदान कार्यक्रमले सामाजिक भावनाको जागृत गर्ने बताए । कार्यक्रमको सभाध्यक्ष प्रधानाध्यापक इन्द्रमोहन झाले गरेका थिए ।