श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत ११ गते बुधबार, २५ मार्च २०२६, सिद्धार्थी संवत्सर। चैत्र शुक्लपक्षको सप्तमी तिथि ०२ः०७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र मृगशिरा ०५ः४८ बजेसम्म, उप्रान्त  आद्र्रा, चन्द्रमा राशि वृष, सूर्योदय ०६ः०२ बजे र सूर्यास्त ०६ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ । बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायमा मनग्य धनलाभ हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। उधारोमा व्यापार गर्नुपर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

केही रकम हातमा आए पनि आकस्मिक खर्चले धन सङ्ग्रहमा बाधा पुग्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्लान्।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

अवसरवादीहरूबाट सजग रहनुहोला। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पछिका लागि गरिएको लगानीले पनि फाइदै दिनेछ। आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।