श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन २९ गते शुक्रबार, १३ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको दशमी तिथि ११ः२७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वाषाढा १३ः४१ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०६ः२० बजे र सूर्यास्त ०६ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूले साथ दिनेछन् । भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले दाम र इनाम दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्म, कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिवश काममा अलमल हुनेछ। लाभांश बाहिरिनाले समस्या पर्नेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। मिहिनेत र सावधानीले उपलब्धि जोगाउन सफल भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले थप उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पु¥याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ।रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य सबल रहनेछ । पराक्रमद्वारा गुमेको अधिकार स्थापित हुनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
































