धरान । सिरहा जिल्ला अदालतअगाडि प्रेसर कुकर बम विष्फोट भएको छ ।

जिल्ला अदालतअगाडि रहेको मधेश ल फर्मको कोठाभित्र बुधबार दिउँसो कुकर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेशबहादुर पालले जानकारी दिए । 

विष्फोटबाट ल फर्मको सिसा तथा भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पालले जानकारी दिए । हालसम्म कोही पक्राउ परेका छैनन् । घटनापछि बम राख्नेको खोजी गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।