विजयपुर । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल स्थगित गरेको छ ।
बुधबार क्यानद्वारा जारी विज्ञप्तिमा मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको जनाइएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरिने भनिएको प्रतियोगिता फागुन २६ देखि चैत ६ गतेसम्म हुने तालिका थियो । उक्त सिरिजमा नेपालसहित युएई र ओमान समावेश छन् । उक्त प्रतियोगिताको स्थगित खेलको नयाँ मिति आवश्यक परामर्शपछि शीघ्र सार्वजनिक गरिने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । परिस्थितिको मूल्याङ्कन गर्दै खेल तालिका पुनः निर्धारण गरिने जनाइएको छ ।































