धरान । २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत झापा ११ ले सुरुवाती अग्रता कायम गरेको छ ।
पाहुना टोली भुटानको रोयल थिम्पु क्लबलाई मध्यान्तर अघि १–० गोलले पछि पार्दै अग्रता कायम गरेको हो । झापा ११ का सुनिल खड्काले खेलको ३५ औ“ मिनेटमा गोल गरे । उनले मौसम सुब्बाको क्रस पासलाई सदुपयोग गर्दै गोलमा परिणत गरे ।
रोयल थिम्पुले पनि केही प्रयासहरू गरे पनि असफल भएको छ । धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा आयोजक धरान फुटबल क्लबले भारतको जर्जियन फुटबल क्लबलाई पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।
यो टिममध्ये जित्ने टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितमा विजेता टिमले १० लाख रुपैया“ र उपविजेताले पा“च लाख रुपैया“सहित ट्रफी पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर पाउने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । २०५५ सालदेखि आयोजना गर्दै आएको उक्त प्रतियोगिता माघ २२ देखि सुरु भएको हो ।






























