धरान । २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
बिहीबारदेखि सुरु भएको बूढासुब्बा गोल्डकपमा पाहुना टोली भारतको जर्जियन फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
आयोजक र पाहुना टोलीबीच निर्धारित समयसम्म १–१ को बराबरीमा रोकिएको थियो । खेलमा पाहुना टोलीका हेमराज भुजेल र धरानबाट तपन कार्कीले गोल गरेका थिए ।
दोस्रो हाफमा पनि कुनै गोल हुन नसके पछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा धरानबाट प्रजल थापा, नगेन राई, विवेक राई र राज लिम्बूले गोल गरे । यता पाहुना टोलीबाट प्रवेश रोय र सरद मुन्डाले गोल गरेका थिए ।





























