धरान । २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप बिहीबारदेखि धरान रङ्गशालामा सुरु भएको छ । 

उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र पाहुना टोली भारतको जर्जियन फुटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । मध्यान्तरसम्म दुवै टिमबाट १–१ गोल भएको छ । 

सुरुवाती गोल पाहुना टोलीले गरेको थियो । आयोजकका गोलरक्षकको कमजोरीका कारण खेलको आठौँ मिनेटमा गोल खान पुगेको थियो । खेलमा हेमराज भुजेलले गोल गरेका थिए । 

अनिश्चित गोल खान पुगेको आयोजकले खेलमा तीव्र दबावका वावजुद खेलमा केही लय समातेको थियो । यस क्रममा खेलको १८ औँ मिनेटमा आयोजकबाट कप्तान तपन कार्कीले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । 

खेलमा निकै अवसरहरू सिर्जना भए पनि आयोजक चुकेको थियो । हालसम्म प्रतियोगिता नजितेका कारण पनि आयोजकलाई यस पटक बूढासुब्बा गोल्डकप उचाल्नै पर्ने दबाव रहेको छ । हालसम्म पाँच पटक उपविजेतामा चित्त बुझाएको थियो । 

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख अइन्द्रविक्रम बेघालगायतले गरे । खेल उत्तरार्धमा चलिरहेको छ ।