धरान । सुनसरीको धरान १३ जिरोपोइन्टमा एउटा स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार धनकुटाको पर्यटकीय क्षेत्र भेडेटारतिरबाट आउँदै गरेको बस आज दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको मृत्यु भएको जनाइएको छ भने अन्य घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाइएको छ ।
स्कुल बस भनिए पनि कागजातहरू फेला नपरेकाले कहाँको कुन स्कुल हो भन्ने भन्न सकिने अवस्था नहरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख इन्स्पेक्टर वीरेन्द्र सिंहले जानकारी दिए । “अहिले भन्न सकिने अवस्था छैन, चार जनाको लास यहाँबाट उठाइएको छ । डकुमेन्ट फेला नपरेकाले कहाँको र कुन स्कुल हो भन्ने खुल्न सकेको छैन ।”





























