धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित रणदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई सोही वडाका वडाध्यक्ष भूपेन्द्र भट्टराईले न्यानो कपडा प्रदान गरेका छन् ।

अध्यक्ष भट्टराईले व्यक्तिगत ५५ हजार रुपैयाँ खर्च गरी ६९ जना बालबालिकालाई मङ्गलबार कपडा दिएका हुन् । विद्यालयमा ९२ जना विद्यार्थी अध्ययनरत छन् । बाँकी विद्यार्थीलाई पनि कपडा वितरण गरिने विद्यालयका प्रधानाध्यापक युवराज थापाले जानकारी दिए ।

वडाध्यक्ष भट्टराईले शिक्षा सबैभन्दा महत्त्वपूर्ण भएकाले आउँदो आर्थिक वर्षमा २ जना शिक्षक राख्न मासिक २५ हजार रुपैयाँ वडा कार्यालयमार्फत प्रदान गर्ने बताए । उनले आगामी वर्षमा विद्यालयको पोसाक खरिद गर्न नसक्ने विद्यार्थीलाई पोेसाक समेत व्यवस्थापन गरिदिने बताए ।