भद्रपुर । इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारका थप ५८ राउण्ड गोली फेला परेको छ ।
जेन जी आन्दोलनका क्रममा लुटिएका गोली आइतबार दिउँसो ४ः४० बजे दमक नगरपालिका वडा नं.७ पशुहाटस्थित ७ नं.वडा कार्यालयभन्दा पछाडिपट्टि ढल निकासमा प्रयोग गरिने पाइपको चेपमा सेतो प्लाष्टिकभित्र पोका पारी शङ्कास्पद अवस्थामा लुकाई छिपाई राखिएको ५८ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इप्रका दमकबाट खटिएको टोलीले उक्त पोका खोली हेर्दा ३०३ मार्क राइफलको राउण्ड थान ८, इन्सासको जङ्गी राउण्ड ५० बिन्दुली भेटिएको गोली बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
































