श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर १६ गते मङ्गलबार, २ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर । मार्गशीर्ष शुक्लपक्षको द्वादशी तिथि ०४ः१० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अश्विनी ०९ः०२ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः३८ बजे र सूर्यास्त ०५ः०७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरका साथ चुनौती पनि देखापर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामकाजमा आलश्य गर्ने प्रवृत्तिले पछि परिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।अवसर प्राप्त भए पनि समयको महŒव नबुझ्नाले पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। खर्च बढाउने हुँदा अर्थ अभावसमेत देखापर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूका लागि उपयोग भइनेछ ।दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ उठाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला।निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहि ल्याउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ।
































