श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर १५ गते सोमबार, १ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशीर्ष शुक्लपक्षको एकादशी  तिथि ०७ः१४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र रेवती ११ः३० बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०६ः३६ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला। अवसरका लागि केही दौडधुप गर्नु पर्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पदीय जिम्मेवारी पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

भविष्यका लागि काममा जग बसाउने मौका छ।फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धर्म, कर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। मित्रजनले सहयोग गर्नेछन्।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनु होला। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ।