श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर १२ गते शुक्रबार, २८ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशीर्ष शुक्लपक्षको अष्टमी तिथि भोलि १२ः३४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र शतभिषा भोलि ०३ः०६ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः३४ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगको नाममा कमजोरी खोतल्नेहरू सक्रिय हुनेछन्, सजग रहनुहोला। सामाजिक जिम्मेवारी बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। मध्याह्नदेखि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम दोहो¥याउनु पर्ने हुनसक्छ। कमजोरी तथा आलश्य अनुभूति हुनेछ भने जोश–जाँगरमा कमी आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवरोध गर्नेहरूले अलमल्याउन सक्छन्। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो अवसर प्राप्त हुनेछ तर नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।काम गर्न बिहानको समय अनुकूल छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारजनको साथले उत्साह जगाउनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य कमजोर रहनाले काम रोकिन सक्छ। श्रम परे पनि कामको मूल्याङ्कन नहुन सक्छ।
































