श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर ११ गते बिहीबार, २७ नोभेम्बर  २०२५,सिद्धार्थीनाम संवत्सर। मार्गशीर्ष शुक्लपक्षको सप्तमी तिथि भोलि १२ः४८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र धनिष्ठा भोलि ०२ः४८ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः३३ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ। कामको राम्रो मूल्याङ्कन हुनेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सट्टापट्टा तथा चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेतले सफलता दिलाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। परिस्थितिवश आफन्तजनबाट टाढिनुपर्ला। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापारमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। तापनि काममा सोचेजस्तै सफलता मिल्नेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ। आलश्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। मान–सम्मानका साथ मनग्य लाभ हुने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह प्राप्त हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ। तारिफयोग्य कामले प्रसिद्धि दिलाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बोलीको प्रभाव बढ्नेछ । अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ।