श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर १० गते बुधबार, २६ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशीर्ष शुक्लपक्षको षष्ठी तिथि भोलि १२ः१९ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र श्रवण भोलि ०१ः४७ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः३३ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखापर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक जिम्मेवारी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विरोधीहरूले दुःख दिनेछन्, सजग रहनुहोला। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा प्रगति हुनेछ।स्वास्थ्य कमजोर रहनेछ । अशक्त अवस्थामा व्यस्तता बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। हुलमुलमा धनमाल हराउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला। सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरू समेत टाढा हुने सम्भावना देखिन्छ।सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।
































