श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर ९ गते मङ्गलबार, २५ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष शुक्लपक्षको पञ्चमी तिथि ११ः१२ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तराषाढा १२ः११ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः३२ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

स्वास्थ्य कमजोर रहे पनि धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रयत्न गर्दा दिगो काममा जग बसाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठा हातपार्न सफल भइनेछ। दिगो काममा जग बसाउने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनुपर्ने हुनसक्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शारीरिक कमजोरीले चिन्ता बढाउनेछ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्ना सामान अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र सङ्कल्प पूरा गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । घुमफिर तथा मनोरञ्जनको समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यवसायको सन्दर्भमा यात्रा हुनसक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्।