श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर ८ गते सोमबार, २४ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष शुक्लपक्षको चतुर्थी तिथि ०९ः३६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वाषाढा १०ः०६ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०६ः३१ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ। कुनै सामाजिक जिम्मेवारीको प्रस्तावसमेत आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवरोध पु¥याउनेहरू भित्रभित्रै सक्रिय हुने हुँदा पछि हट्नुपर्ने स्थिति आउन सक्छ। नयाँ योजना अघि नसार्नु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तत्काल फल प्राप्तिको चाहना पूरा नहुन सक्छ। तर प्रयास गर्दा पुराना समस्या सुल्झाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको काम रोकिनाले पछि दोहो¥याउनुपर्ला। यात्रामा कष्टपूर्ण हुनाले शरीर शिथिल बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनेछ र औषधि–उपचारमा खर्च बढ्नेछ। सानो उपलब्धिका लागि धेरै श्रम गर्नुपर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कमजोर नतिजा सच्याउन काम दोहो¥याउनै पर्ने हुनसक्छ। लगनशीलताले लाभ दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानो कमजोरीले गोपनीयता बाहिरिन सक्छ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा गर्ने साइज जुर्न सक्छ।चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ईष्र्या गर्नेहरू स्वयम् पछि पर्नेछन् । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ।
































