श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर ७ गते आइतबार, २३ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष शुक्लपक्षको तृतीया तिथि ०७ः३९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मूल ०७ः४० बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०६ः३० बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। विशेष उपहार प्राप्त हुनसक्छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

व्यापारमा आम्दानी बढाउन सकिनेछ।स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। आफ्नो अधिकार स्थापित गर्न सकिनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले नयाँ काम गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ योजना शुभारम्भ हुनेछ। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुनसक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डर रहनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ। ईष्र्या गर्नेहरूले पनि अवरोध पु¥याउन सक्छन्।