श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर ६ गते शनिबार, २२ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष शुक्लपक्षको द्वितीया तिथि ०५ः२७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र ज्येष्ठा ०५ः०० बजेसम्म,  उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः२९ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजोर नतिजा सच्याउन केही काम दोहो¥याउनु पर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। वादविवादमा अघि नसर्नुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहबद्र्धक रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। सामान पनि जुटाउन सकिनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साहसिक काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कामको उच्च मूल्याङ्कन हुनेछ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामको मेसो नमिल्दा पछि परिनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनुपर्ने हुन सक्छ। व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।