काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन एक हजार २०० ले महँगो भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज एक हजार २०० ले बढेर दुई लाख ३९ हजार २०० कायम भएको छ । 

चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ ।  

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।