श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८२ साल असोज २३ गते बिहीबार, ९ अक्टोबर २०२५। सिद्धार्थीनाम संवत्सर। कात्तिक कृष्णपक्षको तृतीया तिथि ०२ः४९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र भरणी २४ः३६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः०१ बजे र सूर्यास्त ०५ः३९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ। आफन्तसँग भेटघाटको अवसर जुट्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। गोपनीयतामा विशेष ध्यान पु¥याउनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। सहयोगको प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आकस्मिक खर्च बढ्नेछ । समयमा आलश्य गर्ने बानीले पछि परिनेछ। रोकिएको काम बन्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ।सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना काममै अल्झनु पर्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ।