श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज १३ गते सोमबार, २९ सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन शुक्लपक्षको सप्तमी तिथि १२ः२४ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र मूल ०३ः३५ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः५६ बजे र सूर्यास्त ०५ः५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनु पर्ने हुनसक्छ। अनावश्यक किनमेलमा अधिक खर्च हुनेछ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनु पर्ला। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले पनि उत्साह जगाउनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। काम बन्नाले मनग्य धनलाभ हुनेछ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।कामकाजमा केही समस्या आउनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।