श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज १० गते शुक्रबार, २६ सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन शुक्लपक्षको चतुर्थी भोलि ६ः३९ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र विशाखा २०ः३५ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः५४ बजे र सूर्यास्त ०५ः५५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायको सन्दर्भमा यात्रा हुनसक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामले महŒवाकाङ्क्षा बढाउन सक्छ।अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपरे पनि फाइदै हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले परिस्थितिलाई बदल्नेछ। श्रम परे पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम दोहो¥याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। आफन्तसँग मतभेद हुनेछ।