श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज ९ गते बिहीबार, २५ सेप्टेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। आश्विन शुक्लपक्षको चतुर्थी भोलि ११ः५९ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र स्वाती १७ः५८ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः५४ बजे र सूर्यास्त ०५ः५५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायको सन्दर्भमा यात्रा हुनसक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिरको समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधन जुट्नाले काम बन्नेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विश्वास नलागेको कामसमेत बन्न सक्छ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम रोकिनाले लक्ष्यप्राप्ति नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। अवसर प्राप्त भए पनि काममा ढिलासुस्ती हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। सङ्घर्षले कर्मयोग अघि बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा धेरै समय जुट्न नसकिएला। महŒवाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुनसक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बलजफ्तीले काम बिग्रन सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।