श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज ८ गते बुधबार, २४ सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन शुक्लपक्षको तृतीया  तिथि ०४ः३७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र चित्रा १५ः२९ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि  तुला, सूर्योदय ०५ः५३ बजे र सूर्यास्त ०५ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

कुनै नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। काममा केही चुनौतीहरू देखिनेछन् र फजुल खर्च पनि बढ्नेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सहयोग गर्नेहरू कमै भेटिनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ। समस्या दर्शाउँदा साथ दिनेहरू फेला पर्नेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कामको प्रस्ताव आउन सक्छ। केही लगानी र श्रम गर्नुपरे पनि उपलब्धि प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अध्ययनमा त्यति समय दिन नसकिएला। मिहिनेतले सफलता दिलाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ।मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सानो कमजोरीले बाधा पु¥याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पछिका लागि धन जोहो गर्नुपर्ने समय छ। व्यापारलगायत आर्थिक काममा मन्दी आउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। तापनि मिहिनेत गर्दा कामा बन्नेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोली–व्यवहारकै भरमा काम सम्पादन हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

लगनशीलताले सङ्कल्प पूरा गर्न सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।