श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज ७ गते मङ्गलबार, २३ सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन शुक्लपक्षको द्वितीया तिथि ०२ः४९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र हस्ता १३ः१७ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि  कन्या, सूर्याेदय ०५ः५३ बजे र सूर्यास्त ०५ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

काममा केही चुनौतीहरू देखिनेछन् । वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ। काम अड्किनाले उद्देश्यमा पुग्न समय लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। सावधानीले उपलब्धि जोगाउँदै लाभ लिन सकिनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

समय लागे पनि निर्णायक कार्य गर्ने समय छ। रोकिएको काम थालनी गर्न सकिनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। व्यवसायमा पनि केही लगानी र पूर्वाधार तयार पार्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। गुरुजनको मार्गदर्शन प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुनसक्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ। पहिलेको सम्झौता भङ्ग हुनसक्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूको व्यवहारले शङ्का उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ। लाभ हुने काम गर्न सकिनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले बढी मिहिनेत गर्नुपर्ने समय छ। प्रतिपस्पर्धीहरूले अवरोध पुर्याउलान्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला। व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको दाम नउठ्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्नेछन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला।