श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज ६ गते सोमबार, २२ सेप्टेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। आश्विन शुक्लपक्षको प्रतिपदा तिथि ०१ः२२  बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरफाल्गुनी ११ः२९ बजे सम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि  कन्या, सूर्याेदय ०५ः५२ बजे र सूर्यास्त ०५ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काममा केही अलमल हुनसक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रतिस्पर्धीहरूबाट पनि अलि जोगिएर काम लिनुपर्ने समय छ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले होसियारीपूर्वक काम गर्नुहोला । दिएको वचन पूरा गर्न नसकिएला। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानातिना काममै अल्मलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको समस्या सुल्झाउने प्रयास गर्दा आफैलाई समस्या पर्न सक्छ। निर्णयले समस्या पर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानो त्रुटिले समस्या निम्त्याउनेछ । होसियारपूर्वक काममा जुट्नुहोला।विभिन्न कामका अवसर प्राप्त हुनेछन्। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुने समय छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन् । मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको बारेमा चासो राख्दा स्वयम् समस्यामा परिएला। आफ्ना कमजोरीमाथि सजग रहनुहोला।