श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज ५ गते आइतबार, २१ सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन कृष्णपक्षको औंसी तिथि २४ः२१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वफाल्गुनी १०ः०८ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः५२ बजे र सूर्यास्त ०६ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य–चिन्ताले अध्ययनमा बाधा हुनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। मिहिनेत गर्दा काम बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ काम थाल्न उचित समय पर्खनुहोला। आफ्नो लाभांशमा अरूले दाबी गर्न सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेसुरमा वचन दिने बानीले व्यवहारमा अप्ठ्यारो पर्न सक्छ। दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसर हातपार्न निकै मिहिनेत गर्नुपर्ला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्याहारिक अलमलले मुख्य काममा बाधा पु¥याउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मौन रहँदा समस्या टर्न सक्छ।नयाँ योजनाका साथ नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विगतमा गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्चिलो काम थाल्नाले समस्या पर्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बोलीको गलत अर्थ लाग्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ। सावधानीले कार्यसिद्धि हुने समय छ।