श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज ३ गते शुक्रबार, १९ सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन कृष्णपक्षको त्रयोदशी तिथि २३ः५१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्लेषा ०८ः५५ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः५१ बजे र सूर्यास्त ०६ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। कुनै सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।विभिन्न उपहार प्राप्त हुने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिश्रम परे पनि समय फलदायी रहनेछ।आत्मविश्वासको कमीले काममा पछि परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनु होला। मिहिनेतले गरेको कामले भविष्यमा फाइदा दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ।