श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार १८ गते बुधबार, २ जुलाई २०२५,सिद्धार्थीनाम संवत्सर। आषाढ शुक्लपक्षको सप्तमी तिथि १३ः२९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र  उत्तरफाल्गुनी  १३ः१९ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः१३ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।   

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नु पर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन्। तापनि अवसरले उत्साह जगाउनेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ । साँझतिर काम बनाउन सफल भइनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् । पेसा–व्यवसायमा पनि फाइदै हुनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अवसरले पनि उत्साह जगाउनेछ ।  साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

भूमि तथा पशुधनबाट थोरै लाभ मिल्नेछ।विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।    

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पहिलेको सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ।