श्री शालवाहनीय शाके १९४६ ने. सं. ११४५ वि.सं. २०८२ साल असार १२ गते बिहीबार, २६ जुन २०२५,सिद्धार्थीनाम संवत्सर। आषाढ शुक्लपक्षको प्रतिपदा तिथि १४ः४४ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र आद्र्रा १०ः२८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः१२ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ। अरूलाई दिएको वचन पु¥याउन नसक्दा आलोचित बन्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रचनात्मक कामले प्रशस्त धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छरछिमेकमा असमझदारी बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही वस्तु त्याग्नुपर्ने हुनसक्छ । उधारोमा व्यापार गर्नुपर्ला । खर्च गरे पनि उपलब्धि हातलागी नहुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ।