श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ११ गते बुधबार, २५ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। आषाढ कृष्णपक्षको औंसी तिथि १६ः२८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मृगशिरा ११ः२९ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः११ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च हुने डरले सताउन सक्छ। विवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ईष्र्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला । आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ । व्यापारले फाइदा दिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नियमविपरीत बलजफ्ती प्रयास गर्दा खर्चमात्र हुनेछ । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवहार चलाउन कर्जामार्फत् धन जुटाउनुपर्ने हुनसक्छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यकताका वस्तु जुटाउन समय लाग्नेछ।नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा नयाँ कामतर्फ अग्रसर भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नसोचेको आम्दानी हुनाले दैनिकी खर्चिलो बन्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पछिका लागि सञ्चय गर्न बाधा पुग्नेछ। केही वस्तु त्याग्नुपर्ने पनि हुनसक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ ।