श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ८ गते आइतबार, २२ जुन २०२५,सिद्धार्थीनाम संवत्सर। आषाढ कृष्णपक्षको द्वादशी तिथि २३ः०९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र भरणी १५ः५४ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः११ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आश्वासन बाँड्नेहरूले झुक्याउलान्। टाढाका साथीभाइ नजिकिनेछन्। पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। मनग्य धन सञ्चय हुनेछ।   

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा राम्रै फड्को मार्ने समय छ। राम्रो उपलब्धि हातलागी हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्म सञ्चय गर्ने समय छ। नाम, दाम र इनाम मिल्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ।