श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ ३० गते शुक्रबार, १३ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। आषाढ कृष्णपक्षको द्वितीया तिथि  १४ः३४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पूर्वाषाढा २३ः०७ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग विशेष सावधान रहनुहोला। परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साथीभाइसँग असमझदारी बढ्नेछ । काम बिग्रने डरले सताइरहनेछ। वचनले समस्या निम्त्याउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। आफन्तजनको सहयोगले चिताएका काम सम्पादन हुनेछन्। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। मिहिनेतले विशेष उपहार वा पुरस्कार दिलाउन सक्छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ।   

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । मिहिनेतले उपलब्धि प्राप्त हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समुदायको नेतृत्व गर्दै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। आँटले कीर्तिमानी दिलाउन सक्छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। यात्रा सफल रहला ।